पोर्चुगल: युरोपेली युनियनको तथ्यांक मुखपत्र युरो स्टाटले सन २०१९ को तथ्यांकलाई प्रशोधन गरि एक रिपोर्ट जारी गरेको छ।
रिपोर्ट अनुसार युरोपियन युनियनका सदस्य रास्ट्रहरुमा डेनमार्कमा औसत तलब स्केल अन्यत्र भन्दा धेरै रहेको जनाईएको हो।
मासिक औसत चार हजार युरो कमाई हुने ईयु देशमा डेनमार्क मात्र परेको छ भने लक्जेम्बर्ग र स्विडेनले पनि उच्च आय हुने ईयु शिर्ष तीन देशको सुचिमा स्थान बनाएका छन।
नर्वे, स्विजरल्याण्ड र आईसल्याण्डमा औसत मासिक चार हजार युरो भन्दा धेरै कमाई हुने भएपनी ईयु देशको सदस्य नरहेको कारण डेनमार्कले ईयु देशको सर्वाधिक कमाई हुने देशमा आफुलाई सूचीकरण गरेको हो।
न्यून कमाई हुने ईयु देशहरुमा बुल्गेरिया, रोमानिया , हङेरी, लिथुनिया र पोल्यान्ड पनि परेको छ। बुल्गेरियामा मासिक ५ सय युरो भन्दा कम कमाई हुने देखियो भने लिथुनिया र पोल्यान्डको औसत मासिक कमाई झन्डै सात सय युरो हाराहारी रहेको जनाईएको छ।