Fast Nepal News
Before Breaking News

‘पृथ्वीमा एलियन अन्तरिक्षबाट होइन समुद्रभित्रबाट आउँछन्’–एलियन विज्ञको दावीले नयाँ तरंग

काठमाडौं। पृथ्वीका कैयौं स्थानहरुमा विभिन्न सहयमा एलियन अर्थात अर्कै ग्रहका प्राणी र उनीहरुको यान देखिएको दावी गरिन्छ । पछिल्लो समय यो विषयको चर्चा धेरै भइरहेको छ किनकि अमेरिकाका खुफिया सरकारी अधिकारीहरुले युएफओ र एलियनको विषयमा गरेको समीक्षा रिपोर्ट लिक भएको छ ।

यो रिपोर्टमा पछिल्ला २० वर्षमा अमेरिकी नौसेनाले आकाशमा अज्ञात वस्तु देखेका १२० भन्दा धेरै घटनाहरुबारे उल्लेख छ ।अब एलियनका यी विमानहरु पृथ्वीमा आएपछि कहाँ गायब हुन्छन् ? के यी हाइपरसोनिक विमान हुन् ? भन्ने विषयमा बहस केन्द्रित भएको छ ।

यही बीचमा इन्टरनेशनल कोलिसन फर एक्स्ट्राटेरेस्ट्रियल रिसर्च (आइसीइआर)का उपाध्यक्ष गेरी हेसेल्टाइनले एलियन अन्तरिक्षबाट नभइ समुद्रभित्रबाट आउने दावी गरेका छन् । २७ देशका युएफओ अनुसन्धानकर्ता र वैज्ञानिक सम्मिलित संस्था आइसीइआरका उपाध्यक्षको यो दावीले यस विषयमा अध्ययन गरिरहेका शोधकर्ताहरुमा तरंग ल्याइदिएको छ ।

यसअघि पुलिसमा रहेका बेला आफ्नो पूरै करिअर एलियन र यिनीहरुका गतिविधिबारे अध्ययन गर्ने क्रममा बिताएका हेसेल्टाइनले सैन्य पानीजहाजहरुको आसपास युएफओ देखिएका पछिल्ला भिडियो यी वस्तुहरुको उत्पत्तिको व्याख्या गर्न गेमभेन्जर हुने दावी गरेका छन् ।

पछिल्लो समय अमेरिकी नौसेनाको एक जहाज उडिरहेका वस्तुले घेरिएको देखिएको थियो । यो भिडियोका आधारमा शोधकर्ताहरु एलियनको बेस पानीमुनि हुन सक्ने विश्वासमा पुगेको हेसेल्टाइनले बताए ।युएफओलाई कैयौं पटक पानीभित्र गएको र बाहिर आएको देखिएको बताउँदै हेसेल्टाइनले हाम्रो महासागरको गहिराइमा एलियन बेस हुन सक्ने आशंका भएको बताएका छन् ।

‘सुन्दा निकै अनौठो लाग्छ तर हामी महासागरको बारेमा केवल ५ प्रतिशत मात्र जान्दछौं । हामी महासागरभन्दा धेरै चन्द्रमा वा मंगल ग्रहको सतहबारे जान्दछौं । त्यसैले मलाई यस्तो महसुस हुन्छ कि युएफओ अक्सर पानीभित्र जाने आउने गर्छन्’ हेसेल्टाइनले द सनसँग भने ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.