Fast Nepal News
Before Breaking News

लोकगायक ढकाल पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त

पदमराज ढकाल पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएका छन् ।

कुलपति लोकगायक ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन्। लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन्।
पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको थियो। पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले ११ जनाको नाम मेयर मानबहादुर जिसीलाई बुझाएको थियो।

समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो।

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ढकाल कुलपति नियुक्त भएका हुन।
जीवन दाहाल, कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, मिलन शेरचन, सरस्वती श्रेष्ठ र दिलिप गायक सदस्यमा नियुक्त भएका छन् ।

पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठानमा ११ सदस्य रहनेछन् ।उपकुलपति नियुक्त गर्न भने बाकी नै छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.