Fast Nepal News
Before Breaking News

चौधौं महाधिवेशनमा सभापतिका लागि डा. शेखरको उम्मेदवारी दिने तयारी

१५औं महाधिवेशनदेखी युवालाई नेतृत्व हस्तान्तरण गर्ने योजना

काठमाडौं । आउँदो फागुन पहिलो साता चौधौं महाधिवेशन गर्ने तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र नेतृत्व दाबीको लागि चर्चा शुरु भैसकेको छ । गुट उपगुटले इतिहासकै कमजोर अवस्थामा पुगेको कांग्रेसले आगमी चुनावबाट नेपालको पहिलो ठुलो दल बन्ने दाबी गरिरहेको छ ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि पुर्व निर्धारित मिति अनुसार चौधौं महाधिवेशन २०७७ फागुन ७ गते शरु गरी १० गते सम्पन्न गर्न निर्णय गरेको छ । तोकिएको समयमा महाधिवेशन हुने कुरामा विश्वास बढ्दै गएसंगै काग्रेसभित्र नेतृत्वको चर्चा चल्न थालेको हो । वर्तमान सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पुनः नेतृत्व दावी गर्ने पक्का–पक्कि जस्तै रहेको अवस्थामा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्व लिने बृहत् तयारीलाई अझ सशक्त रुपमा अघि बढाएका छन् ।

१२औं महाधिवेशन लगत्तै १३औं महाधिवेशनमा महामन्त्री जिम्मेवारी लिने गरी अघि बढेका डा. शेखर कोइरालाले गत महाधिवेशनमा वीपी पुत्र डा. शशांक कोइरालालाई महामन्त्रीमा स्वीकारेका थिए । १३औं महाधिवेशन लगत्तै १४औं महाधिवेशनमा नेतृत्व दाबी गर्ने रणनीतिका साथ जिल्ला दौडाह मार्फत् कार्यकर्ता माझ घुलमिल भैरहेका डा. कोइराला यसपटक भने नेतृत्व दाबी नछोड्ने बताउँदै आएका छन् ।

काग्रेसभित्र मुख्य गरी सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षको तीन गुट छ । साथै यो पार्टीभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ । केन्द्र देखि गाउँतहसम्म गुट–उपगुटमा विभाजित कांग्रेसमा सभापति देउवा पक्ष भित्र देउवा वाहेक अन्य नेताले अझै नेतृत्व दाबी गर्ने हैसियत नबनाएको अवस्थामा पौडेल पक्षका नेताका रुपमा चिनिने डा. कोइरालाले नेतृत्व दाबीका साथ तयारी अगाडि बढाएको हो ।

यस अघि सिटौला पक्षको साथ र सहयोगमा देउवा कांग्रेस सभापति बनेका थिए । देउवा इतर पक्षमा नेतृत्वको लागि पौडेल र सिटौला स्वयं अग्रसर भए पनि डा. शेखर कोइराला अघि बढेका हुन् । डा. कोइराला निकट स्रोतले जानकारी दिए अनुसार उनले कांग्रेस नेतृत्वका लागि पौडेल र सिटौलाको पनि साथ पाउने बताउदै आएका छन् । तत्कालिन अवस्थामा पौडेललाई गिरिजाप्रसाद कोइरालाले उपसभापति मनोनित गरेको र सिटौलालाई सुशील कोइरालाले महामन्त्री मनोनित गरी नेतृत्व स्थापित गराएको भन्दै स्रातले भनेको छ– देउवा नेतृत्व विरुद्ध मोर्चाबन्दी गर्न सिटौला र पौडेलले साथ दिने सम्भावना बढी छ । डा. रामशरण महत, विश्वप्रकाश शर्मा, गगन थापा, प्रकाशमान सिंह, डा. शशांक कोइराला जस्ता नेताहरुको एउटै टिम बनाई अघि बढ्ने रणनीतिमा लागेका डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा आफूले कांग्रेसको नेतृत्व लिने र १५औं महाधिवेशनमा सभापतिमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने रणनीति अवलम्वन गर्ने निकट स्रोतले बताएको छ । कोइरालाले अहिलेको नेतृत्वको कमीकमजोरीको कारण नेपाली कांग्रेस ईतिहासकै कमजोर अवस्थामा पुगेको कुरा सबै कार्यकर्ताहरुलाई जगजाहेर रहेको बताउने गरेका छन् । पार्टीभित्रको सबै सिनियर नेताहरुको सम्मान हुने गरी युवा नेताहरुको साथ लिएर नेतृत्व दावी गर्ने भन्दै उनले उचित समयमा सभापतिको उमेद्वारी घोषणा गर्ने आफु निकटका नेता कार्यकर्ताहरुलाई बताउदै आएका छन् ।

डा. रामशरण महत, विश्वप्रकाश शर्मा, गगन थापा, प्रकाशमान सिंह, डा. शशांक कोइराला जस्ता नेताहरुको एउटै टिम बनाई अघि बढ्ने रणनीतिमा लागेका डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा आफूले कांग्रेसको नेतृत्व लिने र १५औं महाधिवेशनमा सभापतिमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने रणनीति अवलम्वन गर्ने निकट स्रोतले बताएको छ ।

२०७७ फागुन ७, ८, ९ र १० गतेका लागि पूर्व निर्धारित चौधौं महाधिवेशनको कार्यतालिका :

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि – २०७७ श्रावण १० गते भित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि  २०७७ श्रावण मसान्तसम्म ।

(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र ।

(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र ।

(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्र्तिक मसान्त भित्र

(छ) उजुरी-पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र ।

(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र ।

(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र ।

अधिवेशन :

(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते

(च) प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
(छ) केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.