Fast Nepal News
Before Breaking News

रसुवागढीबाट रोकिएका मालबस्तु भित्रन थाले, दैनिक ४ कन्टेनर भित्रदा जटिलता थपियो

रसुवागढी भन्सार कार्यालयबाट असार २२ गतेदेखी चिनको निर्णय अनुसार मालबस्तु नेपाल भित्रन थालेका छन्

काठमाडौं । रसुवागढी भन्सार कार्यालयबाट असार २२ गतेदेखी चिनको निर्णय अनुसार मालबस्तु नेपाल भित्रन थालेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग बमोजिम नेपाल सरकारको समन्वयमा चिनबाट सामान नेपाल भित्रन थालेको हो ।

लामो समयसम्म मालवस्तु रोकिँदा व्यापारीहरु समस्यामा परेका थिए । नेपालको उत्तरी छिमेकी देश चीनसँगको मुख्य नाकाका रुपमा रहेको रसुवागढी भन्सारमा करिव ६ महिनादेखि माल सामान रोकिएको हो । यसले गर्दा आफूहरु मर्कामा परेको पीडित ब्यापारीहरुको गुनासो रहेको छ ।

सीमापारी केरुङमा पुस अन्तिमसाता देखी हिउँ परेर बाटो बन्द भई रोकिएका सामान केही समय चिनको नयाँ वर्षको विदा परेकाले रोकियो, त्यसको लगत्तै कोभिड–१९ को कारण देखाउँदै चीन सरकारकाले व्यापारीहरुलाई आफ्नो भूमिमा जान बन्द गरेपछि थप समस्या सिर्जना भएको हो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका भन्सार विभागका संयोजक माधव खरेलले भने, “अड्किएका आफ्ना सामानको अवस्था चिनतर्फ के–कति र के–कस्तो अवस्थामा छ हामी सबै अनभिज्ञ छौं । हाम्रा सामानहरु चिनिया टन्सर्पोका गोदाममै अड्किएका छन् । ती सामानहरु चिनिया पक्षले सिमासम्म ल्याइदिने भनेका छन् तर पनि मालसामान सिमासम्म ल्याइंदा हामीले उता जान र हेर्न पाइन्नँ । करिव २५ किमी बीचको बाटोमा सामानको इन्सुरेन्स हुँदैन, व्यवहारिक रुपमा यो ज्यादै जटिल प्रक्रिया छ, त्यसो भएकाले गोदामबाट सिमासम्म हाम्रा सामान हराएमा पनि के–कति र कसरी हरायो भन्ने कुरा समेत पत्तो लगाउनसक्ने अवस्था छैन ।’

सामानको सुरक्षा र मालसामान हराएमा त्यसको जवाफदेही को हुने भन्ने सम्बन्धमा थप जटिलता पैदा भएको छ । मालसामान चेकजाँच गर्नका लागि कमसेकम पीसीआर जाँच गरेर भए पनि सिमित मात्रामा सम्बन्धित व्यापारीहरु सिमापारी जाने व्यवस्था गरिदिनको लागि चीन सरकार समक्ष उनीहरुले माग राखेका छन् । सो विषयमा समन्वय गर्न ब्यापारीहरुले नेपाल सरकारसँग अनुरोरोध गरेका छन् ।

‘हामीलाई विश्वास छ नेपाल सरकारले चीन सरकारसँगको समन्वयमा हाम्रा रोकिएका सामानहरुको चेकजाँचका लागि सिमित व्यापारीहरुलाई केरुङ जान पासको व्यवस्था मिलाउनेछ ।’– संयोजक खरेलको भनाई छ । कोभिड–१९ को महामारीले सिर्जना गरेका विषम परिस्थिति र ६ महिनादेखि तिर्नु परेको गोदाम पसलको चर्को भाडाले गर्दा व्यापारीहरु झन् पीडित अवस्थामा रहेका छन् । भन्सारमा रोकिएका सामानहरुको विवेकपूर्ण ढंगले सहुलियत दरमा भन्सार गराई पीडित व्यापारीहरुको पीडामा मल्हमपट्टी लगाउनुपर्ने नेपाल राष्ट्रिय व्यावसायी महासंघका भन्सार विभागका संयोजक खरेलले माग गरेका छन् ।

कोभिड–१९ को महामारीले सिर्जना गरेका विषम परिस्थिति र ६ महिनादेखि तिर्नु परेको गोदाम पसलको चर्को भाडाले गर्दा व्यापारीहरु झन् पीडित अवस्थामा रहेका छन् । भन्सारमा रोकिएका सामानहरुको विवेकपूर्ण ढंगले सहुलियत दरमा भन्सार गराई पीडित व्यापारीहरुको पीडामा मल्हमपट्टी लगाउनुपर्ने राष्ट्रिय व्यावसायी महासंघका भन्सार विभागका संयोजक खरेलले माग गरेका छन् ।

नेपाल राष्ट्रिय व्यावसायी महासंघकी उपाध्यक्ष रुक्मिणी सेढाईंको भनाई छ, ‘साना व्यापारीका समस्यालाई सरकारले पनि वेवास्ता गरेको छ, बैंकहरुले ब्याज नघटाएको अवस्था, सटर तथा गोदामको भाडा लगायतका मर्कामा हामी व्यावसायीहरु छौं । सरकारले भन्सार दरमा सहुलियत गरिदिँदा बजारमा सामानको सटेज नहुने भएकाले उपभोक्ताले सजिलै आफूले चाहेका सामान खरिद गर्न सक्नेछन् र उक्त सामानहरु हामीले पनि सुलभ मुल्यमा बिक्रि गर्न सक्नेछौं । ’

करिव ११ सय ट्रक रेडिमेड कपडा र जुत्ताचप्पल लगागतका मालबस्तु केरुङमै अड्किएका छन् । गर्मीका रेडिमेड सामानहरु भन्सारमा रोकिएकाले पनि व्यापारीहरुले थप समस्याको महसुस गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपमहासचिव हरि गौतमले भने–‘अब छिट्टै काठमाडौंमा जाडो मौसम शुरु हुनेछ, हामीले ल्याएका अधिकांश फेन्सी आइटमहरु गर्मी समयको लागि उपयोगी छन्, त्यसो भएकाले पनि समयमै मालबस्तु भन्सार पास हुन नसक्दा गर्मीको सिजन नै जाने र ती सामानहरु गोदाममै थन्किने समस्या सिर्जना हुने हो कि भन्ने चिन्ता छ ।’

‘नेपाल सरकारको समन्वयमा चिन सरकारले दैनिक ४ कन्टेनर मालबस्तु मात्र मितेरी पुलसम्म पठाउने एकतर्फी निर्णयले गर्दा करिब छ महिनादेखी रोकिएका सामानहरु अझै ६ महिनाभन्दा बढी समय भन्सार जाँचपास हुन लाग्नेछ । त्यसो भएकाले नेपाल सरकारले अझै यो विषयलाई गंभीरता पूर्वक लिएर चिन सरकारलाई अनुरोध गर्नु आवश्यक छ, सिमाना नजिक आएर रोकिएका सामानहरु छिटो भन्दा छिटो नेपाल भित्राउन सकियोस् ।’ भन्सार संयोजक खरेलले भने ।

चिन जोड्ने प्रमुख उत्तरी नाका रसुवागढीमा चिनको तर्फबाट न्यून मात्रामा सामान पठाइदिँदा आइपुग्दा देशको राजश्व संकलनमा समेत प्रतिकूल असर परेको छ ।

नेपालमा मनसुन शुरु भएसँगै पासाङल्हामु राजमार्गका केही ठाउँहरुमा पारिरोले बाटो अवरोध हुने भय पनि बढेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.