Fast Nepal News
Before Breaking News

नेपाली कांग्रेस ‘कोभिड—१९ अनुगमन समिति’ पूर्णता पायो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गठन गरिएको ‘कोभिड—१९ अनुगमन समिति’ ले पूर्णता पाएको छ ।

समिति ३५ सदस्यीय रहेको छ । समितिमा प्रकाशशरण महत संयोजक र सदस्यहरुमा एन.पी. साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’, चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डी.सी. चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी, रमा कोइराला पौडेल, ध्रुव वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, पोषराज पाण्डे, प्रभु बुढाथोकी, माधवी भट्ट, लक्ष्मीराज पाठक, मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल, अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, धनेश्वर नेपाल, किरण रेग्मी, रवीजंग पाण्डे, बद्री अर्याल, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, अशेष ढुंगाना, दिपकराज भट्ट, सरिन घिमिरे, विमल ढकाल रहेका छन् भने सदस्य सचिवमा प्रदीप पराजुली छन् ।

सो समितिको आज बसेको बैठकमा कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीहरुसंग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा प्रकाश महतले ब्रिफिङ गरेका थिए । बैठकले— समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको छ । साथै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.