Fast Nepal News
Before Breaking News

तार्केश्वर नगरपालिकाले गर्यो न्यानो कपडा वितरण र स्वास्थ्य शिविर आयोजना(फोटोफिचर)

तार्केश्वर नगरपालिका ,धर्मस्थलीले हिजो मिती २०७७/१०/२१ का दिन न्यानो कपडा वितरण,स्वास्थ्य शिविर आयोजना गर्नुका साथै चश्मा वितरण तथा प्रयोगशाला परिक्षण कार्यक्रम सम्पन्न गरेको थियो।

उक्त कार्यक्रममा ७० बर्ष भन्दा माथिका १८४ बृद्धबृद्धाहरुलाई स्वास्थ्य सेवा र न्यानाे कपडा प्रदान गरिएको थियो।प्रमुख अतिथि तार्केश्वर नगरका प्रमुख रामेश्वर बाेहरा, अतिथि उपपमेयर भवानी डाेटेल धिताल,ता न पा २ का वडा अध्यक्ष रबिन्द्र के. सि. लगायतले न्यानाे कपडा बितरण गर्नु भएकाे थियाे ।

त्यस्तै, तार्केश्वर नगरपालिका वडा-२,काभ्रेस्थलीका स्वास्थ्य प्रमुख बिजयकुमार देबले स्वास्थ परिक्षण आँखा जाच,सुगर,प्रेसरको चेकजाच गरिनुका साथै चश्मा बितरण गरिएकाे फास्ट नेपाल न्युजलाई बताउनुभयो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.