Fast Nepal News
Before Breaking News

आज राती सेनाको बख्तरबन्द गाडीहरु चक्रपथमा निस्कने

आज राती नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा नियमित अभ्यासका लागी निस्कदै छन् ।

युद्ध र अन्य संकटका बेला प्रयोग गरिने ‘बख्तरबन्द’ गाडीहरूको प्रयोग सम्बन्धी अभ्यास गर्न नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा निस्कने भएका हुन । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए अनुसार बख्तरबन्द गाडीहरुको नियमित अभ्यास योजना अनुसार बेलुकी १० बजेपछि चक्रपथ चक्कर लगाउने छन । त्यसैगरी बुधबार (माघ २१ गते) देशका विभिन्न स्थानका ८ वटा पृतना अन्गर्तगतका मेकनाईज्ड युनिटहरू बख्तरबन्द गाडी सडकमा निकाल्नेछन् । ट्विट गर्दै सेनाले भनेकोे छ– ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको  छ। ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।’

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.