Fast Nepal News
Before Breaking News

भारतमा हात्तीमाथी आगो प्रहार : हात्तीको मृत्यु

छिमेकी मुलुक भारतमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको छ । बीबीसी हिन्दीका अनुसार भारतको तमिलनाडुमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर फालेको हो । उक्त टायर हात्तीको शरीरबाट नझरेपछि त्यसले जलेर हात्ती मरेको छ । आगोले घाइते भएको उक्त हात्तीको उपचारकै क्रममा मृत्यु भएको हाे ।

सार्वजनिक भिडियाेमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर फालेको देखिन्छ । उक्त भिडियाे सार्वजनिक भएपछि तमिलनाडुमा भएको यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ । हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार निलगिरिको मावानेलाको रेमन्ड र प्रशान्त नाम गरेका दुई व्यक्ति पक्राउ परेका छन् ।

तेस्रा व्यक्ति रेयानको पनि खोजी भइरहेको छ । उनीहरु तीनै जनामाथि वन्यजन्तु संरक्षण कानुन अन्तर्गत कारवाही अगाडि बढाइने छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.