Fast Nepal News
Before Breaking News

उपप्रमुखद्वारा नगरप्रमुखको कार्यकक्षमा तोडफोड

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु सिंहले नगर प्रमुख धिरेन्द्र कुमार सिहंको कार्यकक्षमा लगाइएको ताल्चा फुटाएकी छिन् । नगर प्रमुख बाहिर भएको बेला कार्यकक्षमा लगाइएको ताला उपप्रमुख सिंहले मंगलवार दिउसो करिब २ बजेर ३० मिनेटको समयमा कार्यपालिकाका अन्य सदस्यहरुको सहभागीता र नेपाल प्रहरीको प्रत्यक्ष रोहबरमा तोडेर कार्यकक्षमा प्रवेश गरेको समाजिक संजालमा सार्वजनिक भएको भिडियोबाट देखिएको हो ।

हतमा ढुगां लिएर नगर प्रमुखको चेम्बरको गेटमा पुगेकी उपप्रमुख सिहंले आफैंले ताल्चा माथि प्रहार गर्दा फुटन नसके पछि राजदेवी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पुलिन्द्र दासलाई ताला तोडन ढुगां दिइएको भिडियोमा देखिएको छ ।

नगर उपप्रमुख सिंहले सिसि कैमराको पुmटेज चेक गर्नुपर्ने र कार्यपालिकाको बैठक बस्नु पर्ने भएकोले ताल्चा फोड्न लागेको प्रतिकृया दिइएको छ । १९ जना कार्यपालिका सदस्य मध्ये १४ जना बहुमत सदस्यले अषाढ १६ गतेका दिन बैठक डाकिएकोमा सहभागी हुन आएका सदस्यहरु बस्ने बैठक कक्ष समेत मेयर सिहंको कार्यकक्ष रहेकोले साँचो नदिएको कारण बाध्यता बस ताल्चा तोडेको उनको कथन छ ।

पछिल्लो समय राजनितिक हिसावले विरोध गर्दै आएकी उपप्रमुख सिहले यता केही दिन देखि आक्रमक रुपमा प्रस्तुत हुँदै आफ्नो मर्यादा र अधिकार भन्दा बाहिर गएर कार्य गर्न लागेको हो । राजनितिक स्वार्थ तथा आर्थिक लाभ भए सम्म नगर प्रमुखको समर्थन गर्दै आएकी उपप्रमुखले बजेट नदिए पछि मेयरको विरुद्ध खनिएकी हुन् ।

काम विशेषले बाहिर गएको बेला कुनै जानकारी नदिइकन मेरो कार्यकक्षको ताल्चा तोडेर उपप्रमुखले उदण्डताको परिचय दिएको नगर प्रमुख धिरेन्द्र कुमार सिंहले आरोप लगाएका छन् ।

बुधवार नगर प्रमुख सिंहले प्रेस विज्ञप्ति जारी गर्दै नगर उपप्रमुखको कार्य अलोकतांत्रिक र कानून विपरीत रहेकोले कानूनी कार्यवाही गर्नु पर्ने माग गरेका हुन्। संचारकर्मीसित संक्षिप्त कुरा गर्दै नगरप्रमुख सिंहले आफ्नो दायित्व पूरा नगर्ने उपप्रमुखले पार्टीको बहुमतको निहुँमा पटक पटक अमर्यादित कार्य गर्दै आएकोमा यसपाली कुनै पनि हालतमा नछोड़ने कÞानूनी कार्यवाही गरेर छाड्ने उद्घोष गरेका छन् । “नगर प्रमुख सिंहले मेरो कार्यकक्षमा रहेका सामान र महत्वपूर्ण कागजपत्र लुटिलागेको दावी समेत गरेको छ ।” अधिवेशन हुनु भन्दा पहिला योजना तर्जुमा , राजश्व बाड़फाड़ समिति र बजेट निर्धरण समितिको बैठक सक्नु पर्ने प्रावधान रहेकोमा उपप्रमुखले निर्धारित समयमा आफ्नो कर्त्वय र दायित्व पूरा नगरेको कारण तोकिएको समय आषाढ़ १० गते नगर सभा अधिवेशन हुन नपाएको आरोप समेत लगाए ।

नगर प्रमुख सिंहले बस्ती स्तरबाट योजना तर्जुमा भई आए पछि उपमेयरको संयोजकत्वमा भएको समितिले आफ्नो प्रक्रिया पूरा गरे पछि नगर अधिवेशनको बैठक आव्हान गर्नु पर्ने स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेको खण्डमा आफ्नो जिम्मेवारी निर्वाह नगर्ने र बहुमतको धाक देखाउने गरेको टिप्पणी गरे ।

संविधानले दिइएको अधिकार काम कार्यवाही गर्न नसकेको उल्लेख गर्दै प्रमुख सिंहले ताल्चा तोड़ने कार्य गर्ने लार्इ कार्यवाही गरिने दृढ़ता जनाए । उपप्रमुख सिंहले यस अघि निमित प्रमुख प्रशासकीय अधिकृत संजय कुमार पाण्डेयको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यव्हार गरेक , योजना शाखामा प्रवेश गरी महत्वपूर्ण कागजपत्र लागिनुको साथै कार्यालयको ना १ ब ३६५८ नम्बरको मोटर साइकल लूटी लागेको मेयर सिंहले आरोप लगाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.