Fast Nepal News
Before Breaking News

पीएम कपमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार दुई खेलहरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ ।कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ । यस्तै मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ । समूह ‘बी’ को लुम्बिनी २ अंक जोडेर तेस्रो र अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.