Fast Nepal News
Before Breaking News

जापानको भारी हिमपातमा १३४ सवारीसाधन ठोक्किए

जापानको उत्तर पूर्वमा भारी हिमपातका कारण ठूलो दुर्घटना भएको छ । भारी हिमपातका कारण उत्तरी र पूर्वत्तर जापानको मिहगी प्रान्तको ओसाकीको तोहोकु एक्सप्रेस सडकमा मंगलबार दिउँसो कम्तिमा १३४ वटा सवारीसाधन आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएक छन् ।

होक्काइडो, तोहोकु र होकुरीकु क्षेत्रमा पनि हिमपात हुने अनुमान गरिएको छ । खराब मौसमका कारण पूर्वी जापान रेलवेले तोहोकु क्षेत्रका मियागी, इवाटे र अकिता क्षेत्रहरूमा अन्य बुलेट ट्रेन सेवाहरू स्थगित गरेका थियो । जापानको उत्तरी मुख्य टापु होक्काइडो र मध्य जापानको क्षेत्र होकुरिकुले अधिकतम १२६ किलोमिटर प्रतिघण्टा हावाको वेग अनुमान गरिएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.