Fast Nepal News
Before Breaking News

तत्काललाई डिलरहरुले पेट्रोलियम पदार्थको भाउ नबढाउने

माघ १ देखि पेट्रोलियम डिलरहरूले पेट्रोलियम पदार्थको खुद्रा मुल्य बढाउने भनी गरेको निर्णय फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको कारोबारमा कमिशन वृद्धि नगरेकव भन्दै उनीलहरूले आफुखुशी पेट्रोलियम पदार्थ लिटरमा ५० पैसा बढाउने चेतावनी दिएका थिए ।

माघ ७ गते केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले बताएको छ । लामो समयदेखि निगम तथा सरकारसँग निरन्तर संवाद र विभिन्‍न प्रकृया पछि पनि आश्वासन मात्र प्राप्त भएको उनीहरूको भनाइ छ । यसअघि माघ १ गतेसम्ममा पनि निर्णय भई लागु नभएमा एशोसिएशनले खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५० पैसा थप गरेर बिक्री वितरण गर्ने निर्णय गरेको थियो । पुस २१ मा उनीहरूले यस्तो चेतावनी दिएका थिए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.