Fast Nepal News
Before Breaking News

ओलीमा कम्युनिस्टमा हुने गुण छैन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले केपि ओली एक्लिएर निहरि हुने बाटोमा लागेको बताएका छन । प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। केपि ओलीले देश र जनता प्रति गरेको घातले आफूहरुलाई चिन्तित बनाएको भन्दै अध्यक्ष नेपालले संविधान र विधि पद्धति जोगाउन हामी अन्ति अवस्थामा लड्ने बताए।

अध्यक्ष नेपालले ओली गुटले छरेका भ्रमहरु चिर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘उहाँ अहिले केन्द्रिय सदश्यको टिकट वाँड्दै हुनुहुन्छ । उहाँका अभिव्यक्ति सुन्दा लाग्छ, न उनी कम्युनिष्ट हुन, न त उहाँमा संस्कार छैन ।’ उनले ओलीमा कम्युनिष्टको विशेषता नभएको बताए । उनले भने, ‘उहाँले केन्द्रीय सदस्य बन्न आऊ भनेर टिकट बाड्नुभएको छ। त्यो सडकछाप पार्टीमा को–को जाने हो हेर्न मात्रै बाँकी छ। उहाँको त्यो कथित पार्टीलाई परित्याग गर्नेहरुको संख्या बढ्दै छ।

त्यो पार्टी सडकको धुलोमा परिणत हुन गइरहेको छ।’ केपी ओली पार्टी सिस्टममा भन्दा पनि गुटका आधारमा चल्ने व्यक्ति भएको नेपालको भनाइ छ। पार्टीले २०५० सालदेखि नै ओलीको प्रवृति झेल्दै आएको उनले बताए। ओलीको अहंकारवादी शैलीले आफूहरुले दुःख पाइरहेको नेपालको भनाइ छ। उनले भने, ‘केपी ओलीमा मै हुँ भन्ने अहंकार छ। पार्टीभन्दा माथि ठान्नुहुन्छ आफूलाई। त्यसैले हामी पीडित भएका हौँ।’

 

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.