अवैधरुपमा अमेरिका छिर्न खोज्ने ८ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर नेपाल पठाइदिएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एकजना महिला र सात जना पुरुषलाई बिमान चार्टर गरेर बुधबार काठमाडौं ल्याइएको हो। यसरी डिपोर्ट हुनेमा दावा छोटी शेर्पा, नारायण केसी, दिवस बस्नेत, दलबहादुर सुनार, पासाङ शेर्पा, प्रवीण गिरी, राजेश कार्की र सुरेश गिरी छन्।
