Fast Nepal News
Before Breaking News

गोदि मिडियाको “बिहारी शैली”,भन्यो- सगरमाथाको नाममा भारतले दाबी गर्नुपर्छ

भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथासम्बन्धी आपत्तिजनक कार्यक्रम प्रसारण गरेको छ । जी न्यूजका सम्पादक सुधीर चौधरीले सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र नाम ‘राधानाथ सिकदर राख्नुपर्ने भन्दै कार्यक्रम प्रसारण गरेका हुन् ।

सगरमाथा आधार शिविर पुगेका चौधरीले राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेकाले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने माग गरेका छन् ।

चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए । यसअघि सीमा विवादका बेला जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तिजनक रिपोर्ट बजाएको थियो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.