Fast Nepal News
Before Breaking News

काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

२४ जेठ, काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
स्रोतकाअनुसार उनीहरुमध्ये दुई जना प्रहरी हुन् । एक जना नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको र त्यही अस्पतालमा डायलासिस गराइरहेका प्रहरी नै हुन् ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.