Fast Nepal News
Before Breaking News

७ जना मन्त्रीले दिए राजिनामा

५ पुष,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर भर्खरै राजीनामा दिएका हुन्।

गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने राजीनामा दिनेमा सहभागी छैनन् । राजीनामा दिने मन्त्रीहरूमा ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् । त्यसैगरी कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री याेगेश भट्टराईले पनि सामुहिक रुपमा नै राजिनामा दिएका छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.