Fast Nepal News
Before Breaking News

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा अर्को ठूलो झट्का

काठमाडौँ,७ मंसिर । चुनाव हारिसक्दा पनि जित्ने जिद्दी गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा अर्को ठूलो झट्का लागेको छ। हुलाकबाट हालिएका लाखौं मतलाई ‘अवैध’ घोषणा गरी बदर गर्न ट्रम्पले हालेको निवेदन पेन्सिलभेनिया राज्यका न्यायाधीशले खारेज गरिदिएका हुन्।
बिबिसीका अनुसार न्यायाधीश म्याथ्यु ब्रानले अनियमितता भएको भन्दै ट्रम्पको टोलीले गरेको मागदाबी ‘जायज नभएको’ ठहर गरेका हुन्।यो निर्णयसँगै अब पेन्सिलभेनियामा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ।

उनले त्यहाँ ट्रम्पलाई ८० हजारभन्दा बढी मतले पराजित गरेका छन्।यही नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो।
आफ्नो हार अस्वीकार गर्दै ट्रम्पले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन्।

बाइडनले चुनावमा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक ९२७०० भन्दा बढी ९३०६० इलेक्टरल मत ल्याइसकेको प्रक्षेपण गरिएको छ। ट्रम्पका पक्षमा यस्तो मत २ सय ३२ मात्र भएको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.