Fast Nepal News
Before Breaking News

राहुल रक्स र मेलिना राईको स्वर, भिडियोमा सुरज पौडेलको निर्देश

काठमाडौँ। राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सामाजिक संजाल युटुब बाट सार्वजनिक भएको छ। सार्वजनिक जिवन सुनमा सुगन्धु बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ। माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन गरेका छन्।

लामो समय देखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायक समेत रहेका सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका छन्। सुरजको यो पहिलो निर्देशकीय भिडियो हो। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो ओ.एस. आर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो। भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन्।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.