Fast Nepal News
Before Breaking News

रंगकर्मी सुरज तमुद्धारा निर्देशित ‘हवाइ अड्डा’ सार्वजनिक

काठमाडौँ २० कार्तिक । नेपालीमा रङ्गमञ्चमा आफ्नो अभिनय कौसलले छोटो समयमा दर्शकमाझ बस्न सफल कलाकार हुन्, सुरज तमु। सुरजले नाटक हरियो ढुङ्गा, मिमांशा, जयमाया आफैमात्र लिखापानी आईपुगी लगायत दुई दर्जन नाटकहरुमा अभिनय गरिसकेका छन्।

रंगकर्मको यात्रासँगै सुरजले भिडियो निर्देशनमा हात हालेका छन्। उनले नयाँ शैलीको प्रेम कथामा आधारित ‘हवाइ अड्डा’ बोल गीतको भिडियोलाई निर्देशन गरेका हुन्। जसमा पुराना प्रेमी–प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षलाई चित्ररण गरिएको छ।

गीतको भिडियोमा सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय छ। उनको निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो।

डारवीन लुंगेली र सानु तामाङको आवाज रहेको गीतको डारवीन लुंगेलीले शब्द रचना गरेका हुन्। साथै रोमन बज्राचार्यले म्युजिक भरेका हुन्। गीतमा किरण बरालले पनि साथ दिएका छन्।

सुरजको कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई क्यामेरा तथा सम्पादन विजय ताम्राकारले काम गरेका हुन्। ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.