Fast Nepal News
Before Breaking News

हिमालय एयरलाइन्सको छैटौं चरणको चार्टर उडान हुने, सेप्टेम्बर २ देखि २९ सम्म कुनकुन देशमा हुँदैछ उडान ?

काठमाडौं १४ भदौ । हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्म छौठौं चरणको चार्टर उडान तालिका सार्वजनिक गरेको छ ।कोभिड–१९ का कारण विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीलाई यही सेप्टेम्बर २ देखि २९ सम्म स्वदेश ल्याउने एयसलाइन्सले जानकारी दिएको छ । एयसलाइन्सले सेप्टेम्बर २,३,६,८,९,१७,२२,२३ र २९ मा कतार, माल्दिभ्स, कुबेतबाट र साउदी अरेबिया बाट नेपालीको उद्धार गरिने भएको छ ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र अवस्थामा रहेको नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिसकेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.