Fast Nepal News
Before Breaking News

नेपाली युवतीलाई बिहे गर्छु भन्दै ५० लाख ठग्ने सिल्भा समातिए

१ भाद्र,काठमाडौं । नेपाली युवतीलाई झण्डै ५० लाख ठगी गरेको आरोपमा मध्य अफ्रिकी मुलुक एङ्गोलाका एक नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौको टोलीले उनलाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो ।ती युवकले नेपाली युवतीलाई आफू बेलायतस्थित लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर बिहे गर्ने बताएका थिए।फेसबुकमा अर्कै नाम राखे पनि उनको आधिकारिक नाम भने सिल्भा एन्टिनियो डी कोस्टा रहेको प्रहरीको अनुसन्धानबाट पत्तो लागेको छ ।

ती युवकले विभिन्न बहानामा पटकपटक गरेर ४८ लाख ५४ हजारभन्दा बढी रकम युवतीबाट असुलेको खुलेको छ । युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी अनुसन्धानमा उनी २०७६ सालको अन्त्यतिर नेपाल प्रवेश गरेको खुलेको छ । उनी नक्कली नोट छपाउने कार्यमासमेत संलग्न रहेको प्रहरीले बताएको छ । उनको साथबाट नक्कली नोट बनाउने मेसिनसमेत प्रहरीले बरामद गरेको छ ।

अफ्रिकन मुलुक अंगोलाका सिल्भा एन्टिनियो दा कोस्टाले सामाजिक सञ्जालको प्रयोग गरी आफू बेलायतको लन्डनस्थित बुपाक्याम्वाला अस्पतालको चिकित्सक भएको र नेपाल आएर तपाईंसँग विवाह गर्छु भन्दै नेपाली युवतीलाई ठगी गर्दै आएका थिए ।कोस्टाले नेपाली महिलालाई मायाजालमा पारी विवाह समेत गर्ने भन्दै हीराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड स्ट्रलिङ पठाएको भन्दै भन्सार छुटाउने नाममा ४८ लाख ६४ हजार ४ सय २० रुपियाँ ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.