गोदावरी नगरपालिकाका जनसेवक मञ्चको तर्फबाट स्वतन्त्र उम्मेदवार शिशिर श्रेष्ठ ले हिजो सत्र गते जेब्रा चुनाव चिन्ह पाएका छन । चुनाव चिन्ह पाएसँगै हिजै आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन ।
काठमाण्डौं महानगरपालिकामा बालेनले राजनीतिक दलका युवाहरुलाई बेचैन बनाएको समयमा गोदावरी नगरपालिकाका शिशिर श्रेष्ठले पनि केही राजनितिक पार्टीहरुलाई पक्कै असर पारेको देखिन्छ । सपनाका कुरा भन्दा पनि गोदावरी गाउँपालिकाको यथार्थमा रही उनले जनमुखी प्रतिबद्धता पत्र ल्याएका छन ।
उनको प्रतिबद्धता पत्रमा कृषि स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेकाछन । खानेपानी बाटोघाटो पनि उनको प्राथमिकतामा परेकोछ । उनले बलत्कार,भ्रष्टचार र जातिय छुवाछुतमुक्त नगरपालिका बनाउने गरेको प्रतिबद्धता वास्तवमै प्रशंसनीय छन । त्यसैगरी विचौलिया रहितको नगरपालिका र बायोग्याँस सम्मको कुरा शिशिरको प्रतिबद्धतामा परेका छन ।
यतिमात्रै नभएर चलचित्रकर्मीलाई समेत समेटेर प्रतिबद्धता पत्र ल्याएका छन । खेलकुदबाट अन्तराष्ट्रिय गोदावरी नगरपालिका भित्रका खेलाडीहरुलाई अन्तराष्ट्रिय पदकनै जिताउने प्रतिबद्धता मात्रै गरेका छैनन महिलाहरुको आत्म रक्षाको निम्ति अनिवार्य मार्सल आर्ट योजना समेत ल्याएका छन । त्यस्तै बायो ग्याँस उत्पादन समेतका कुरा उनको प्रतिबद्धतामा परेका छन । उनको २९ बुँदे प्रतिबद्धता यस प्रकारका छन ।
मेरो प्रतिबद्धता यस प्रकाररका छन ः
१. नेपालको संविधान २०७२ मा उल्लेखित भाग ७ मा रहेको मौलिक अधिकार र कर्तव्यमा जनताको कुनैपनि मौलिक अधिकार हनन गरिने छैन ।
२. नगरपालिकाको कार्यालयमा आउने सवै जनतालाई मिठो मुस्कानसहितको मिठो व्यवहार गर्ने गराउनेछु ।
३. जनप्रतिनिधि र कर्मचारी शासक हैनन सेवक हुन भन्ने भावना सवै नगरभित्रका कर्मचारी र जनप्रतिनिधिहरुलाई जगाउँछु । यदि शासक बन्न खोजेमा तुरुन्तै कारवाही गर्छु ।
४. जनतालाई नगरपालिकामा वडा कार्यालयमा आउँदा अलिकति पनि हिनताबोद्य वा अपहेलित बोद्य हुन दिने छैन । यदि कुनै कर्मचारीले अपमान गरेमा तुरुन्त सिसिटिभिको माध्यमबाट हेरी उसलाई तुरुन्त कारवाही गरिनेछ ।
५. गोदावरी नगरपालिकामा खानेपानीको समस्या एकदम ठुलो समस्याको रुपमा रहँदै आएको छ । घरघरमा खानेपानी पुर्याउनेछु । नगरभित्रका प्रत्येक गाउँ,घरलाई छुने गरि बाटो निर्माण गर्नेछु ।
६. सवै सरकारी विद्यालयहरुमा निशुल्क बस सेवा सञ्चालनमा ल्याउनेछु ।
५. गोदावरी नगरपालिकामा खानेपानीको समस्या एकदम ठुलो समस्याको रुपमा रहँदै आएको छ । घरघरमा खानेपानी पुर्याउनेछु । नगरभित्रका प्रत्येक गाउँ,घरलाई छुने गरि बाटो निर्माण गर्नेछु ।
७। एक अनुशासित जनता उत्पादन गर्नेछु । १ कक्षादेखी ५ कक्षासम्म संस्कार र अनुसाशनका छुटटै कक्षाहरु संचालन गराईनेछ । भने ९ र १० कक्षामा भ्रष्टाचार,बलत्कार र जातिय छुवाछुतको विरुद्धमा छुटै कक्षा संचालन गरिनेछ ।
८. १२ बर्ष देखि माथिका महिलाहरुलाई आत्मारक्षाको लागि तालिम दिईनेछ ।
९. विज्ञान तथा प्रविधिमा चाख राख्ने गोदावरी नगरपालिका भित्रका सवै क्षेत्रका ईन्जिनियरहरुले केही नयाँ आविश्कार गर्न चाहेमा वा कम्प्युटर ईन्जियिरहरुले कुनै सफ्टवेयर , सफ्टवयेर एप्लिकेसन वा मोबाई एप्लिकेसन जस्तै ः फेसबुक , टिकटक , ईन्साटाग्राम युटुव बनाउन चाहनेको खोजी गरी एप्लिकेसन बनाउन आर्थिक सहयोग उपलब्ध गराउनेछु ।
१० . गोदावरी नगरपालिका भित्रका फुटबल खेलाडीलाई मात्र समेटेर एक टिम बनाई पाँच बर्ष भित्रमा ए डिभिजन समुहमा पुरयाउनेछु । अन्य खेलहरु जस्तै ः कराँते,तेईक्वान्दो लगायतका उत्कृष्ट खेलाडीहरुलाई मासिक भत्ताको व्यवस्था गरी,विभिन्न सेवा सुविधा उपलब्ध गरिनेछ । उहाँहरुको सम्पुर्ण जोश खेल क्षेत्रमा लगाई देशको नाम राख्न हौसला प्रदान गरिनेछ ।
११. माथि उल्लेखित खेलहरु बाहेकका पनि सम्भावना भएका खेलहरुबाट अन्तराष्ट्रियस्तरका खेल प्रतियोगिताहरुमा गएर पदक ल्यान सक्ने राष्ट्रिय अन्तराष्ट्यि खेलाडीहरु उत्पादन गर्नेछु ।
१२. एउटा वडामा २ ओटा लघु रंगशाला निर्माण गरिनेछ । नगरपालिकामा भरीमा एउटा ठुलो रंगशाला निर्माण गर्नेछ ।
१३. गोदावरी नगरपालिकालाई फिल्मीसिटीकै झल्को आउने गरी हराभरा फुलैफुलले सजिएको र सफा सुग्घर नगर बनाउनेछु ।
१४. गोदावरी नगरपालिकाभित्रको कुनै पनि संस्कृति ,परम्परा व्यक्तिको कथामा वा कुनै स्थानका कथालाई लिएर मौलिकता झल्किने नेपाली कथानक चलचित्र बनाउन चाहने । कम्पनी संघ संस्थालाई रु १५ लाख सम्मको अनुदान दिईनेछु ।
१५. रोजगार हैन आत्मनिर्भर बनाउन जोड दिनेछु ।
१६. कपाल काटने,कोर्ट सर्ट पाईन्ट सिलाउने तथा वर्कशप लगायत अन्य तालिम दिई एक बर्षभित्रमा तिर्नुपर्ने गरी पालिकाकै लगानीमा शैलुन , टेलर्स र वर्कशप खोलिदिनेछु ।
१७. बैदेशिक रोजगारीमा जानेलाई क्षमता अनुसारको तालिम दिईनेछ । तालिमको व्यवस्था बाह्रै महिना संचालनमा ल्याईनेछ । बिना सिपको बैदेशिक रोजगारीमा गोदावरी नगरपालिका बाट जाने दर शुन्यमा झारीनेछ । तालिम प्राप्त बैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई एक बर्ष भित्र तिर्ने गरी निशुल्क ब्याजमा ऋण दिईनेछ ।
१८. बिचौलिया रहित गाउँपालिका बनाउँछु ।
१९. विचौलियालाई पस्न नदिई उत्पादक र उपभोक्ताको दुरी घटाउन गोदावरी नगरपालिकाभित्र उत्पादित तरकारी,फलफुल ,दुग्ध र दुग्ध जन्य पदार्थहरुको नगरपालिकाले नै सिधै उपभोक्ता सम्म पुर्याउन काठमाण्डौ र ललितपुरमा विभिन्न ठाउँमा तरकारी पसल खोलिनेछ । जसले गर्दा कृषकले पाईरहेको बजारभाउ भन्दा दोब्वर पाउनेछन ।
२०. किसानका घरघर बाट चौपाया बस्तुको गोवर र पिसाव नगरपालिकाले खरिद गर्नेछ ।
२१. तीन महिनाको एकचोटी शनिवारको दिन प्रत्येक जनताको घरदैलो कार्यक्रम गर्नेछु ।
२२. ६५ बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकहरुको छ ,छ महिनामा एकचोटी निशुल्क होलबडी चेकअप गरिनेछ ।
२३. गोदावरी नगरपालिकात्रिका कुनै पनि जनताले आफ्नो ब्लडग्रुप निशुल्क थाहा पाउने व्यवस्था गरिन्छ ।
२४. गोदावरी नगरपालिका भित्र रहेका जनताले आवश्यक परेको बेलामा कुनैपनि बेलामा कुनै पनि ग्रुपको रगत सहजै पाउन सक्ने व्यवस्था मिलाउनेछु ।
२५. सेवा लिन आएका अपागंहरुलाई जुनसुकै काम भएपनि आधा घण्टा भित्रै सक्ने व्यवस्था मिलाउँछु । साथै उहाँहरुलाई खाजा नास्ताको पनि व्यवस्था गर्नेछु ।
२६. भ्रष्टचार,बलत्कार र जातिय छुवाछुतमा संग्लन व्यक्तिहरुलाई पालिकाले दिने हरेक सुविधाहरुबाट बञ्चि गराईनेछ । समाजका कलंक भनी लेखी उहाँहरुको फोटो सहितको ठुल ठुला व्यानर गोदावरी नगरपालिका भित्र कम्तिमा पनि २० ठाउँमा राख्ने छौ ।
२७. बलत्कार र जातिय छुवाछुतमुक्त नगर निर्माण गर्नेछु ।
२८. नगरपालिकाकै स्वामित्वमा बायो ग्याँस उत्पाद गर्नेछु । तथा प्रांगणिक मल उद्योग खोल्नेछु ।
२९ . माथि उल्लेखित सबै बुँदाहरु पुरा गर्नेछु ।