नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग
सिंहदरबारले जारी गरेको परिपत्र अनुसार तारकेश्वर नगरपालिका वडा न. २ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्पन्न भएको छ।
व्यक्तिगत घटना दर्ता सप्ताह २०७९ साल बैशाख १ गते देखि ७ गतेसम्म संचालन भएको हो।यस कार्यक्रम अन्तर्गत जन्म,मृत्यु ,विवाह,बसाई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना आफ्नो स्थायी वडा कार्यालयमा गई घटना घटेको ३५ दिनभित्र दर्ता गराउन नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अनुरोध गरेको थियो। यसै अनुरुप तारकेश्वर नगरपालिका अन्तरगत रहेको वडा नं –२ काभ्रेस्थलीले व्यत्तिगत घटना दर्ता सप्ताह कार्यक्रम संचालनमा ल्यायो।सप्ताह कार्यक्रममा जुम्ल्याहा बालबालिका सहित ९ वटा घटना दर्ता गरिएको तारकेश्वर वडा न. २ का वडा सचिव केशव राज पाण्डेले फाष्ट नेपाल न्युजलाई जानकारी दिनुभयो।