Fast Nepal News
Before Breaking News

राप्रपाको काठमाडौं क्षेत्र न. ६ मा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न (फोटोफिचर)

०७८चैत्र १२ काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी,काठमाण्डौं जिल्ला क्षेत्र न. ६ को विस्तारित बैठक तथा क्षेत्र,प्रदेश तारकेश्वर नगर कार्यसमितिको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

मिति २०७८ चैत्र १२ गतेका दिन क्षेत्रीय अध्यक्ष श्री टंक प्रसाद अधिकारीको अध्यक्षतामा छन्त्याल संघको सभाहलमा राष्ट्रिय प्रजातन्त्र पार्टी,काठमाण्डौं जिल्ला क्षेत्र न. ६ को विस्तारित बैठक तथा क्षेत्र,प्रदेश तारकेश्वर नगर कार्यसमितिको कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।सुभारम्भमा गुरुकुलका बटुकहरुले स्वस्ती वाचन गर्दा कार्यक्रममा सहभागी मन्त्रमुग्ध भएका थिए।

पार्टीका क्षेत्रीय सचिव टंक गौतम(रमेश)ले कार्यक्रम संचालन गर्नुभएको थियो।गौतमले पार्टीका सिद्धान्त र विचारलाई युवाहरुले पछ्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो।पार्टीका प्रवक्ता बिमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।कार्यक्रम कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन,जिल्ला अध्यक्ष नवराज सिम्खडा ,केन्द्रिय सदस्य चिरागमान सिंह कुवर,रेखा थापा,गंगा बि क लगायतको आगमन भएको थियो।

आफ्नो बिचार राख्नुहुँदै पार्टी अध्यक्ष लिङ्देनले आगामी चुनाबमा पार्टीले दरिलो एजेन्डा लिएर जनता समक्ष जानुपर्ने बताउनुभयो। उक्त कार्यक्रममा केही कलाकार र तार्केश्वरका स्थानियहरु राप्रपामा प्रवेश गरेका थिए।

क्षेत्रीय अध्यक्ष टंक प्रसाद अधिकारीको जन्म पनि यसै दिन परेकोमा राजेन्द्र प्रसाद लिङ्देनले बधाई दिनुभयो।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.