Fast Nepal News
Before Breaking News

होली खेल्दै गर्दा घरबाट खसेर एक युवती गम्भीर घाइते

३ चैत्र २०७८, बिहीबार होली खेल्ने क्रममा घरबाट खस्दा एक जना गम्भीर घाइते भएकी छिन् । काठमाडौंको जोरपाटीस्थित दक्षिणढोकामा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना गम्भीर घाइते भएकी छिन् । प्रहरीका अनुसार दक्षिणढोकास्थित साढे दुई तलाको घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

प्रहरीले जानकारी दिए अनुसार कक्षा ११ मा अध्ययनरत विनिता र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए, भने उनी आज होली खेल्नका लागि आफन्तकोमा गएकी थिइन् । गम्भीर घाइते विनितालाई नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको बताइएको छ । उनी घरको छतबाट खस्दा फलामको बारमा बज्जारिन पुगेकी थिइन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.