Fast Nepal News
Before Breaking News

लप्पन छप्पन-२ बाट डेब्यु गर्दै आना

काठमाडौं। बिगत ५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छिन् ।

चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिएकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउछिन् । विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टार, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ ।

एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट,आना ढकाल लगायतका कलाकारको अभिनय छ ।नेपाली चलचित्रको खस्कदो व्यापारमा लप्पन छप्पन -२ ले कस्तो व्यापार गर्ने हो,त्यो हेर्न भने बाकी नै छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.