Fast Nepal News
Before Breaking News

तार्केश्वरमा हितकारी बचत तथा लगानी कोष नामक संस्था गठन

फागुन १५,०७८                                                                                        फाष्ट नेपाल न्युज संवाददाता                                          काठमाडौं,तार्केश्वर नगरपालिका वडा न.२ ,काभ्रेस्थलिमा “हितकारी बचत तथा लगानी कोष” नामक संस्था गठन गरिएको छ। विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मी ,कर्मचारी, समाजसेवी र पत्रकार लगायतकाे भेलाबाट तार्केश्वर हितकारी बचत तथा लगानी काेष नामक संस्था गठन गरिएको हो।

मासिक रु पाचहजार र एकमुष्ठ रु एक लाख जम्मा गर्ने ब्यक्ति मात्र संस्थाकाे सदस्य रहने प्रावधान राखिएको संस्थामा सञ्चित रकम विभिन्न आयमुलक क्षेत्रमा संस्थाका सदस्यकाे हितका लागि लगानी गरिने उद्देश्य रहेको छ। सुरुवाती अवस्थामा राधेश्याम फुयाल ,हेमन्त पाण्डे ,हर्ष बहादुर खड्गी ,सुशील फुयाल, बालकृष्ण खड्गी ,रामप्रसाद फुयाल ,राधाकृष्ण खडगी, अनिल भण्डारी ,विश्वराम थापा लगायतका सदस्यहरु रहने गरि कार्यसमिति रहने संस्थाका सदस्य सुशील फुयालले नेपाल फाष्ट न्युजलाई बताउनु भयाे।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.