पोखराका अग्रज समाजसेवी शम्भु प्रसाद कोइरालाको ८३ वर्षको निधन भएको छ । कोइराला निर्भिक,निडर र स्पष्टवक्ताका रुपमा पोखरामा परिचित हुनुहुन्थ्यो ।
उहाँका धर्मपत्नीको ९ महिना अघिमात्र निधन भएको थियो ।कोइराला भूपू प्रहरी हुनुहुन्थ्यो ।
उहाँ लामो समयदेखि क्यान्सर, सुगर र प्रेसरबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा सोमबार दिउसो ४ः३० बजे निधन भएको हो ।
कोइरालाका तीन भाइ छोराहरु चेवन, देवेन्द्र र टेकेन्द्र, छोरीहरु चन्द्रा, सीता र शुष्मा छन् भने बुहारीहरु देवका, सीमा र पुनम छन् ।
उहाँका १७ जना नातिनातिना रहेका छन् ।
उहाँ टोल विकास लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो ।