Fast Nepal News
Before Breaking News

विमानस्थलबाट ९ किलो सुन बरामद

१७ मंसिर, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार  ९ किलो सुन बरामद गरेको छ ।

झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।

सोमबारदेखि भन्सारले यात्रुले ल्याउने सुनमा राजश्व संकलन गर्न कडाई थालेको थियो । बिहीबारसम्म गरी चार दिनमा यसरी भित्रिएको सुनको परिमाण ५६ किलो नाघेको छ ।

बिहीबार अघिल्लो दिन सुन बोकेर आउनेहरु २४१ जनाले आफ्नो सुन राजश्व तिरेर लगेका छन् । यसरी ११ किलो ४० ग्राम सुन भन्सारबाट पास हुँदा राजश्व एक करोड ९ लाख ९३ हजार रुपैयाँ संकलन भएको विमानस्थल भनसार कार्यालय प्रमुख महेश भट्टराईले बताए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.