Fast Nepal News
Before Breaking News

आजको मौसम अपडेट: मेघ गर्जनसहित वर्षा

काठमाडाै,असोज २२, भारतकाे पश्चिम बंगाल तथा आसपासका क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ। आज नेपालका प्रदेश १, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ।

यस्तै हाल बाँकी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.