Fast Nepal News
Before Breaking News

बानेश्वरमा एक महिलाको शव

काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको जानकारी दिए । प्रहरीका अनुसार शव अर्ध नग्न अवस्थामा भेटिएको हो । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.