Fast Nepal News
Before Breaking News

मानुषी लघुवित्त वित्तिय (आई.पी.ओ) बाँडफाँड ७ गते हुने

काठमाडौँ, ४ भाद्र । मानुषी लघुवित्त वित्तिय लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर को प्री-अलोटमेन्ट बिहीबार सम्पन्न भएको छ ।
उक्त साधारण सेयर को बाँडफाँड भदौ ७ गते, सोमबार गर्न लागिएको कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जानकारी दिएको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर (आई.पी.ओ) निष्कासन गरेको थियो ।
५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ बतायका छन् । ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् भने बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.