Fast Nepal News
Before Breaking News

युरो कपको अन्तिम १६ मा कुन-कुन टिमबीच हुँदैछ भिडन्त?

युरो २०२० को समूह चरणको खेल सकिएका छन्। समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ।

अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्।

समूह ‘ए’ बाट इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे।

समूह ‘बी’ बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए। फिनल्यान्ड ३ अंक जोडेर तेस्रो बने पनि अन्तिम १६ मा पुग्न सकेन।

स्तै समूह ‘सी’ बाट नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। युक्रेनले ३ अंक जोडे पनि गोलअन्तरमा अघि रहन सफल भयो। उसले गोलअन्तरमा फिनल्यान्ड र स्लोभाकियालाई पछि पर्‍यो। 

समूह ‘डी’ बाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे।

समूह ‘ई’ मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। अन्तिम खेलमा स्पेनसँग ५-० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। स्लोभाकिया युक्रेनसँग गोलअन्तरमा पछि पार्‍यो।

समूह ‘एफ’ बाट फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे।

अब अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुनेछ।

अन्तिम १६ का खेलहरू

वेल्स भर्सेस डेनमार्क –  असार १२ गते राति ९:४५ बजे  – आम्स्टर्डम
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे  – लन्डन

नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९:४५ बजे-  बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२:४५ बजे-  सेभिया

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९:४५ बजे-  कोपनहगेन
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२:४५ बजे – बुचारेस्ट

इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९:४५ बजे – लन्डन
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२:४५ बजे-  ग्लाजगो

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.