Fast Nepal News
Before Breaking News

रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ

असार ६ । संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ६ काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

घरबेटी प्रधानविरुद्ध संचारकर्मी रुपाले ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन्। उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी, पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।प्रहरीले घरबेटीलाई पक्राउ गरेपछि रुपालाई पनि बोलाएको रुपाले जानकारी दिएकी छन्।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.