Fast Nepal News
Before Breaking News

अति आवश्यक बाहेक नेपाल बाट पोर्तुगल जान रोक

लिस्बन:पोर्तुगलले नेपाल बाट हुने आवतजावतलाई नियन्त्रण गर्ने भएको छ।

कोरोना भाईरसको संक्रमण डर घट्दै गएपनि नेपालमा भारतीय भेरियन्त सक्रिय रहेको भन्दै पोर्तुगलले अति आवश्यक बाहेकको यात्रा प्रतिबन्ध जारि गरेको हो ।

स्वास्थ उपचार गर्न, काम गर्ने अवस्था वा पारिवारिक भेटघाट बाहेक नेपाल बाट हुने यात्रालाई प्रतिबन्ध गरिएको छ।

त्यस्तै अमेरिका र युरोपेली संघका मुलुकबाट हुने यात्रालाई पोर्तुगलले खुला गरेको छ। बेलायत बाट पोर्तुगल आउन सक्ने तर अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट चाहिने बताईएको छ।

पोर्तुगलले जापान , कोरिया ,न्युजिल्याण्ड , सिंगापुर आदि देश बाट हुने यात्रालाई पूर्ण रुपमा खुला गरेको जनाएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.