Fast Nepal News
Before Breaking News

म्याग्दीका भगवान मल्लको पोर्चुगलको सान्ता मारिया अस्पताल मा निधन

बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका म्याग्दीका भगवान मल्लको निधन भएको छ।

नेपालमा म्याग्दीका स्थाई बासिन्दा भगवान मल्ल बैदेशिक रोजगारीको सिलसिलामा ६ बर्ष अगाडी पोर्चुगल आएका थिए।

५३ बर्षीय मल्ल अस्वस्थ भएपछि उनको लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचार भईरहेको थियो।

उपचारकै क्रममा १४ जुनका दिन उनको निधन भएको गैर आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ।

स्वर्गीय मल्लको पारिवारिक चाहना अनुसार उनको अन्तिम दाहसंस्कार एबम श्रद्धाञ्जली यहीँ पोर्चुगलमा नै गरिने भएको छ।

मल्लको निधनले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.