Fast Nepal News
Before Breaking News

सिन्धुपाल्चोक स्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाले ज्यान गुमाय

मनसुन सुरु भए लगतै अविरल वर्षापछि सिन्धुपाल्चोक स्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाले ज्यान गुमायका छन् । प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनु भय अनुसार मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको छ।

उनले भने, ‘घर, टहरा, पुललगायत संरचना बगेको छ। मृत्यु हुनेहरूको पहरचय खुलिसकेको छैन । बाढीले मेलम्ची बजारमा पनि क्षति पुर्‍याएको छ।

मेलम्चीमा अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन। उनले भने, नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टर उद्धार कार्यका लागि परिचालन गर्न लागेको र घरका छतमा रहेकाहरूको उद्धार गर्न लागिएको उनले बताए। सडक मार्गबाट पनि उद्धारका लागि टिम परिचालन गरिएको उनले बताए।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.