Fast Nepal News
Before Breaking News

धनी स्वास्थ्यमन्त्री तामाङ : १४ ठाउँमा जग्गा, २२ ताेला सुन, बैंकमा २ लाख १६ हजार

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

विवरणअनुसार आफू र पत्नीकाे नाममा गरी उनीसित १४ ठाउँमा जग्गा छ । यीमध्ये तीन ठाउँका आफूले अंशबापत पाएकाे मन्त्री तामाङले उल्लेख गरेका छन् । सिन्धुपाल्चाेक, काठमाडाैं, माेरङ र खाेटाङमा यी जग्गा छन् ।

काठमाडाैंकाे गाेकर्णेश्वरमा पत्नी उषाकला राईकाे नाममा अढाई तले घर रहेकाे विवरणमा लेखिएकाे छ ।

सम्पत्ति विवरणमा उनले आफूसँग २२ ताेला सुन रहेकाे जनाएका छन् । यसमध्ये केही पुर्ख्याैली र केही खरिद गरेकाे विवरणमा उल्लेख छ । उनका अनुसार एभरेस्ट बैंकमा रहेकाे खातामा उनीसित २ लाख १६ हजार १ सय २५ रूपैयाँ बचत छ । मन्त्री तामाङले २४ जेठमै सम्पत्ति सार्वजनिक गरेका थिए तर मन्त्रालयले बुधबार मात्र उपलब्ध गराएको हो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.