Fast Nepal News
Before Breaking News

छोरीहरूले गरे बुबाको दाहसंस्कार: छिमेकीले मानेनन् छुन

उदयपुर
आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी ‘दाहसंस्कार’ गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले शव छुन नहुने भन्दै पन्छिए ।

शव नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर संस्कारअनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो ।

दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हा’लेर बालबहादुर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।माघ, फागनुदेखि पेटको स’मस्याले बिरामी परेका बालबहादुर वैशाखदेखि घरमै थलिएका थिए ।

स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।‘कोरोना संक्रमण फैलिएको अवस्थामा मृत्यु भएकाले पनि छिमेकीले शव उठाउन अप्ठ्यारो मानेछन्,’।

उनले भने, ‘मगर समुदायको भएकाले पनि अन्य समुदायका छिमेकीले छुन नहुने भन्दै पन्छिएछन् ।’ आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काजकिरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए ।‘बुबाको हामी आफैंले शवयात्रा गरेर ‘दाहसंस्कार’ गर्‍यौं’।

उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार ‘काजकिरिया’ पनि गर्छौं ।’ स्थानीय छिमेकी र आफ्ना समुदायको सहयोग रहेको उनीहरूले बताए ।मगर संस्कारअनुसार ७ दिनमा बालबहादुरको ‘काजकिरिया’ सकिने राजुले बताए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.