Fast Nepal News
Before Breaking News

जापानमै अस्ताए नेपाली युवा विष्णु प्रसाद पाण्डे

विगत लामोसमय देखी जापानको तोचिगी केन ओयामा शहरमा बस्दै आऊनु भएका विष्णु प्रसाद पाण्डेको आज (शनिबार) बिहान असामयिक मृत्यु भएको छ ।केही समययता अस्वस्थ रहंदै आउनुभएका पाण्डेलाई दिमागमा गम्भिर दुखाइ भएपछि अस्पताल लगिएको थियो ।

तर शनिबार बिहान ५:२४ मा अस्पतालमा उपचारको क्रममा असामयिक मृत्यु भएको हो ।कुक पेशामा आबद्द मृतक पाण्डे श्रीमती र छोरीसंगै बस्दै आऊनु भएको थियो । पाण्डेको दाहसंस्कार तोचिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् ।

आर्थिक अवस्था कमजोर भएको हुनाले विदेशको ठाऊमा एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोगि मनहरूलाई सहयोग गरिदिनु हार्दिक अनुरोध गरिएको एनआरएनए जापान तोचिगी क्षेत्रका संयोजक मन्दिप क्षेत्रीले अनुरोध गर्नुभयो ।

सहयोग रकम मृत्यु हुनुभएका पाण्डेको श्रीमतीकै बैंक खाता ( JP Bank Account – 10730-30195711 パンデ スミトラ ) मा जम्मा गर्न सकिनेछ ।पाण्डेको दाहसंस्कार पनि तोचिगि जापानमा नै आईतवार गरिने भएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.