Fast Nepal News
Before Breaking News

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण

कोरोना संक्रमणको दोस्रो लहर नेपाली कलाकारहरुमा तीव्र गतिमा फैलिरहेको छ । यसैबीच अभिनेत्री वर्षा राउतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएकी हुन् । उनले स्वाद, गन्ध हराएको र रुघा खोकीबाहेक आफ्नो स्वास्थ्यमा अरु समस्या नभएको उल्लेख गरेकी छन् ।

उनले चाँडै निको भएर सामान्य जीवनमा फर्किने आफ्ना शुभचिन्तकहरुलाई विश्वास दिलाएकी छन् । अहिले उनी होम क्वारेन्टिनमा छिन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.