Fast Nepal News
Before Breaking News

मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र उनको श्रीमती इन्दिरा फुयाँलमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको जानकारी दिएका हुन। उनले स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमा नै आराम गरिरहेको जानकारी गराएका छन्।

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड १९ सङ्क्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बिचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

सरकारले स्वास्थ्य मापदण्ड कार्यान्वयन गरिसक्दा ढकाल काठमाडौँबाट राम सिताको मूर्तिसहित शोभा यात्रा लिएर ठोरी पुगेका थिए। सरकारले २५ भन्दा बढी भेला नहुन जारी गरेको स्वास्थ्य मापदण्ड उलङ्घन गरेकोबारे जिज्ञासा राख्दा उनले सो मापदण्ड राजपत्रमा प्रकाशित नभएसम्म कार्यान्वयनमा नआउने बताएका थिए।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.