Fast Nepal News
Before Breaking News

काठमाडौमा थपिए ५ सय ५० संक्रमित

काठमाडाैंमा ५ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ६२६ जना महिला र पुरुष १०४१ जना रहेका छन् । यससँगै नेपालमा कोभिड—१९ बाट अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा २ लाख ७५ हजार ८०६ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा तीन हजार एक सय दुईजनाको मृत्यु भईसकेको छ। दुई सय ५१ जना को’रोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या आठ हजार छ सय ५९ पुगेको छ। मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको संक्रमण बढेपछि नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चिता समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन्।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.