Fast Nepal News
Before Breaking News

मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दियो

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६।५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो ।मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे । शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।

यस्तै सन्दीप लामिछाने ३।५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए । दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.