Fast Nepal News
Before Breaking News

पहाडी भुभागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायतका केही पहाडी भू-भागमा बदली भइरहेको छ । देशका धेरै भागमा भू-भागमा तुवाँलो लागेको महाशाखाले जानकारी दिएको छ ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि अपराह्नतिर पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङ्ग सहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.