Fast Nepal News
Before Breaking News

फ्लाई दुबईबाट आएकाले कुकरमा ल्याए ८ सय ८४ ग्राम सुन

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ८४ ग्राम सुनसहित एक पक्राउ परेका छन् । भन्सार जाँचका क्रममा प्रहरीले फ्लाई दुबईबाट आएका धनुषाका प्रसाग महरा नाम गरेका व्यति उक्त सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनले खाना पकाउने राईस कुकरमा सुन हालेर नेपाल ल्याएका थिए ।

विमानस्थल प्रहरीका अनुसार कुकर निर्माण भएको कम्पनीमै उक्त सुन फिट गरिएको हुनसक्ने आनुमान गरिएको छ । सामान्य तरिकाले नदेखिएको सुन एक्सरे मेशिनबाट मात्रै पत्ता लागेको प्रहरीको भनाइ छ । पक्राउ परेका महराको स्थायी ठेगाना धनुषाको मिथिला नगरपालिका रहेको खुलेको छ । उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.