Fast Nepal News
Before Breaking News

दीपाश्री र सरोज खनालको फेसबुक ह्याक

निर्देशक एवं कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ । बिहीबार दिउँसो उनीहरूको फेसबुक ह्याक भएको कलाकार दीपकराज गिरीले जानकारी दिए । पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले बताईन् ।

निर्देशक निरौलाले सरोज खनालको फेसबुकबाट एउटा कोड पठाउन अनुरोध भएपछि आफूले कोड पठाएको बताए । त्यसलगत्तै फेसबुक ह्याक भएको उनको भनाइ छ । ह्याक भएको फेसबुकमार्फत पैसाको माग भइरहेको निरौलाले बताईन् । कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको उल्लेख गरेका छन् ।

दीपकले सबैलाई सजक गराउने उदेश्यले राखेको स्टाटसमा लेखेका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईका पनि ह्याक भएको छ ।’ उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला !’ फेसबुक ह्याक भएपछि अभिनेता खनाल र निर्देशक निरौला प्रहरीको साइबर ब्यूरोमा जान लागेका छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.