Fast Nepal News
Before Breaking News

छोटो दूरीको सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

भाडादर दोब्बर भयो

काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सामाजिक दूरी कायम गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने बताएका हुन् ।यस्तै अन्तिम क्याविनेटको निर्णय अनुसारनै ट्याक्सी पनि चलाउन दिइने छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने र एउटै परिवारको सदस्यको हकमा ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ ।

निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको हो भने ट्याक्सीले चाहीँ बढी भाडा लिन पाउने छैन।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.